Rule 21
शिकार आरक्षमा क्षेत्र ब्लक सुरक्षण इजाजतपत्र
प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले जिल्ला शिकार अनुज्ञापत्र वा सामान्य शिकार अनुज्ञापत्र प्राप्त गरेका व्यक्तिलाई शिकार आरक्षभित्र शिकार गर्न अनुसूची (१ बमोजिमको दस्तुर लिई क्षेत्र ब्लक सुरक्षण इजाजतपत्र दिन सक्नेछ । नेपाली नागरिकको नाममा क्षेत्र ब्लक सुरक्षण गरी विदेशीलाई शिकार खेल्न दिन वा खेलाउन सहयोग गर्न समेत हुँदैन ।